गृहपृष्ठ प्रदेशमन्त्रीले ज्यान मार्ने धम्की दिएको आरोपसहित प्रहरीमा उजुरी

प्रदेशमन्त्रीले ज्यान मार्ने धम्की दिएको आरोपसहित प्रहरीमा उजुरी

प्रदेश १ का आन्तिरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी परेको छ । स्थानीय बाटो निर्माण गर्न ठेकेदारलाई दबाब दिने उद्देश्यकले आन्दोलनमा लागेहरुलाई मन्त्री कार्कीले ज्यान मार्ने धम्की दिएको आरोप लगाइएको छ ।

मन्त्री कार्कीले स्थानीय टंकप्रसाद खनाललाई बाटो अवरोध नखोले ज्यान मार्ने धम्की दिएको आरोप लगाइएको छ । खनालले आफूलाई मन्त्री कार्कीले ज्यान मार्ने धम्की दिएको भन्दै शान्ति सुरक्षाको माग गरी इलाका प्रहरी कार्यालय गौरादहमा उजुरी दिएको भए पनि उजुरी दर्ता नगरी लिएको बताइएको छ ।

प्रकाशित समय १३:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु