गृहपृष्ठ राति १० बजेपछि देउसीभैलो खेले कारबाही

राति १० बजेपछि देउसीभैलो खेले कारबाही

जिल्ला प्रशासन कार्यालय काठमाडौंले राति १० बजेभन्दा पछाडि देउसीभैलो नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ । रातको समयमा देउसीभैलोका नाउँमा उच्छृङ्खल गतिविधि हुनसक्ने भन्दै तोकिएको समयभित्र मात्र देउसी खेल्न आग्रह गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।

मादक पदार्थको सेवनबाट झैझगडा, हुलहुज्जत तथा शान्तिसुरक्षामा खलल पुग्नसक्ने भएकाले देउसी भैलो खेल्ने समयावधि तोकिएको उनले बताए । प्रशासनको आग्रह विपरीत देउसी भैलो खेलिएको पाइएमा कारवाही गरिने प्रजिअ आचार्यको भनाइ छ ।
(रासस )

प्रकाशित समय १७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु