गृहपृष्ठ पूर्व पञ्चहरुको पार्टी ‘राप्रपा’ फेरि मिल्ने !

पूर्व पञ्चहरुको पार्टी ‘राप्रपा’ फेरि मिल्ने !

विभाजित भएका पूर्व पञ्चहरुको पार्टी राप्रपाले एकता प्रक्रिया सुरु गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले एकता प्रक्रिया सुरु गरेका हुन् । राप्रपाका अध्यक्ष कमल थापा र राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर राणबीच मंगलबार भेटवार्ता भएपछि वार्ता प्रक्रिया अगाडी बढेको हो ।

दुबै अध्यक्ष एकताको लागि तयार भएका हुन् । दुबै पार्टीलाई विघटन गरेर राष्ट्रवादी शक्ति निर्माण गर्ने उनीहरुबीच सहमति भएको छ ।  उनीहरुबीच सो सहमति भएको महामन्त्री राजाराम श्रेष्ठले पुष्टि गरे । उनका अनुसार वैचारिक दृष्टिकोणमा हिन्दू राष्ट्र कायम गर्ने, राजतन्त्र कि गणतन्त्र भन्ने विषयमा जनताको चाहनाका साथै दुवै दलका नेता तथा कार्यकर्ताको भावनालाई बुझेर निर्णय लिने सहमति भएको छ ।

डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) र राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष राणाबीच पनि पार्टी एकताको विषयमा छलफल भएको थियो ।

 

प्रकाशित समय १७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु