गृहपृष्ठ महिला टी–२० विश्वकप सुरु, उद्घाटन खेलमा भारत विजयी

महिला टी–२० विश्वकप सुरु, उद्घाटन खेलमा भारत विजयी

महिला टी –२० विश्वकप क्रिकेट प्रतियोगिता वेष्ट इन्डिजमा सुरु भएको छ ।

उद्घाटन खेलमा भारतले न्यूजिल्याण्डलाई ३४ रनले पराजित गरेको छ । समूह बी मा रहेको भारतले न्यूजिल्याण्डमाथि ३४ रनको जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निधा्र्ररित २० ओभरमा पाँच विकेटको क्षतिमा १ सय ९४ रन बनाएको थियो ।

४० रन जोड्दा नै तीन विकेट गुमाएर डगमगाएको भारतलाई कप्तान हरमनप्रित कौर र जेमिमा रोड्रिगेजले उकासे । उनीहरुले मात्र १ सय ३४ रनको विशाल साझेदारी गरे । कप्तान हरमनप्रितले शतक बनाइन । उनले ५१ बलमै १०३ रनको योगदान गरिन् । रोड्रिगेजले ५९ रन जोडिन् । न्यूजिल्याण्डका लागि ली तहुले दुई विकेट लिएकी थिइन् ।

१९५ रनको विशाल लक्ष्य पछ्याएको न्यूजिल्याण्डले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १६० रन मात्र जोड्न सक्यो । सूजी बेटेज र आना पिटरसनले ५२ रनको सुरुवाती साझेदारी गरेका थिए । मध्यक्रमका खेलाडी चल्न नसक्दा न्यूजिल्याण्ड पराजित हुन पुग्यो ।

भारतका लागि दियालन हेमलता र पुनम यादबले समान तीन–तीन विकेट लिएका थिए ।

प्रकाशित समय ०७:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु