गृहपृष्ठ लहानमा बालिका र किशोरीमाथि सामूहिक बलात्कार
लहानमा बालिका र किशोरीमाथि सामूहिक बलात्कार
सिरहाको लहानमा १५ वर्षीया बालिका र २० वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ । जन्मदिनको पार्टीमा बोलाएर किशोरीलाई सामूहिक बलात्कार गरेको पीडित पक्षले बताएका छन् ।
जिल्ला प्रहरी कार्यलय सिराहाका प्रवक्ता माधव खरेलका अनुसार कार्तिक २३ गते राति जन्मदिनको पार्टी खाएर घर फर्कने बेलामा ती किशोरीलाई तीन जना केटाले आँपको बगौंचामा सामूहिक बलात्कार गरेको बताए ।
अर्की १५ वर्षीया बालिकालाई पनि सामूहिक बलात्कार गर्न थालेपछि ती युवती प्रहरीकहाँ पुगेकी थिइन् । सामूहिक बलात्कारमा तीन जना संलग्न रहेको भनिए पनि सात जना विरुद्ध किटानी जाहेरी परेको प्रहरीले जनाएको छ ।
लहान ११ का २३वर्षीय हरि चौधरी, २१ वर्षीय अनिल चौधरी र २१ वर्षीय सुनिल चौधरी सहित अन्य चार जना विरुद्ध पीडिप पक्षले जाहेरी दिएका छन् । उनीहरुको हुलियाको आधारमा खोजी भइरहेको सिरहा प्रहरी पवक्ता खरेलले बताए ।
प्रकाशित समय १३:५० बजे

















