गृहपृष्ठ अमेरिकामा आगलागीको वितण्डा, ४४ को मृत्यु, २२८ वेपत्ता

अमेरिकामा आगलागीको वितण्डा, ४४ को मृत्यु, २२८ वेपत्ता

अमेरिकास्थित क्यालिफोर्नियाको जंगलमा लागेको आगोलाई ‘इतिहासकै सबैभन्दा भीषण आगलागी’को संज्ञा दिइएको छ । उक्त आगलागीमा परी अहिलेसम्म ४४ जनाको मृत्यु भइसकेको र २२८ जना वेपत्ता भएको समाचार छ ।

क्यालिफोर्नियाको जंगलमा लागेको आगोले भीषण रुप लिएपछि भाग्दै गरेकाहरु पनि कार तथा घरमै आगोको सिकार बनेका थिए । अधिकारीहरुका अनुसार २७ हजारभन्दा बढी मानिसहरु रहेको बस्ती पूरै खरानी भएको छ ।

जानकारहरु जंगलमा वर्षेनी आगलागी हुँदै आए पनि यसपटक सबैभन्दा भीषण रुप लियो । उनीहरुले सन् १९३३ मा लस एन्जलसको ग्रिफिथ पार्कमा लागेको आगोपछि क्यालिफोर्नियाको जंगलमा लागेको यो आगो नै सबैभन्दा भीषण भएको दावी गरेका छन् ।

यस सिजनमा वर्ष नहुनुलाई विशेषज्ञले आगोको विकराल रुपको कारक मानेका छन् । वर्षा नभएकाले जमीन र हावा सुख्खा हुन पुग्यो । त्यसमा थप तातो हावाले आगो फैलाउन घिउको काम गरेको उनीहरुको विश्लेषण छ । आगोका कारण त्यस क्षेत्रको तापक्रम पनि एक्कासी बढेको छ । जसका कारण सवारी साधनहरु पग्लिीएका छन् ।

आगोले विकराल रुप लिएपछि तीन लाखभन्दा बढी मानिसले आफ्नो घर छाडेका छन् । थप साढे एक लाख मानिसहरु घर छाड्ने तयारीमा रहेको अमेरिकी सञ्चारमाध्यमहरुले लेखेका छन् ।

आगोले विकराल रुप लिँदै गर्दा अग्नि नियन्त्रकहरुको प्रयासले पनि सार्थकता पाउन सकेको छैन । कतिसम्म भने सल एन्जल्सका फायर डिपार्टमेन्ट चिफले त आगामी तीन दिनसम्म आगलागी नियन्त्रणमा लिन कठिन हुने प्रतिक्रिया दिएका छन् ।

क्यालिफोर्नियाको फायर विभागले आगो १४०० वर्ग किलोमिटरभन्दा बढी क्षेत्रमा फैलिएको बताएको छ । जसमा ५७ हजार भवन तथा पुल परिसकेका छन् । करिब ८५०० फायरफाइटर्स तथा ३० भन्दा बढी हेलीकप्टर आगो नियन्त्रणमा लिने प्रयासमा छन् । उता गभर्नरले यसलाई राष्ट्रिय आपतकाल घोषण गर्न अपिल गरेका छन् ।

प्रकाशित समय १४:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु