गृहपृष्ठ कमल थापाका कारण एकता भाँडियो : अध्यक्ष राणा
कमल थापाका कारण एकता भाँडियो : अध्यक्ष राणा
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले कमल थापाकै कारण पार्टी एकता प्रक्रिया भाँडिएको आरोप लगाएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘तातै खाउँ, जलै मरौं’ भन्ने खालको हतारो गरेपछि एकता प्रक्रिया रोकिएको बताए ।
अध्यक्ष राणाले तीन पार्टीबीच एकता हुने भनेपछि पार्टीको नाम, झण्डा र चुनाव चिन्ह एउटै पार्टीको भने हुनै नसक्ने अडानसमेत राखे । अध्यक्ष राणाले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसँग छलफल गरेपछि पार्टी एकता गरौैं भन्ने प्रस्ताव थापाले नमानेको आरोप लगाए । अध्यक्ष राणाले आफू पार्टी एकताको पक्षमा रहेको समेत बताए ।
प्रकाशित समय १३:५८ बजे
















