गृहपृष्ठ थाहा पाउनुस बुद्व जयन्तिकाे दिन देशभर के के गरिदै छ?
थाहा पाउनुस बुद्व जयन्तिकाे दिन देशभर के के गरिदै छ?
काठमाडाैं: २५ सय ६२ अाैँ बुद्ध जयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ। बुद्धको जन्मस्थल लुम्विनीमा बुद्ध जयन्ती मूल समारोह आयोजना गरिएको छ ।
लुम्बिनीमा हजारौंको सहभागितामा शान्ति पद्यात्रा गरिएकाे छ । पद्यात्रा पछि आयोजना हुने मुल समारोहलाई बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गर्दै छन्।
बुद्ध जयन्तीका अवशरमा लुम्बिनीमा अन्र्तराष्ट्रिय बौद्ध सम्मेलनसहित सप्ताहाव्यापी कार्यक्रम चलिरहेका छन । काठमाडौंको स्यम्भूमा पनि आज दिउँसो साढे चार बजे प्रधानमन्त्रीको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
काभे्रको नमोबुद्ध, काठमाडौँको बौद्ध, स्वयम्भू, चाबहिलस्थित चारुमती विहारलगायत बौद्ध बिहार, गुम्बा, स्तूपा, चैत्यमा बुद्ध मूर्तिसहित शोभायात्रा र शान्ति पदयात्रा निकालिदैंछ ।
लुम्बिनीमा इसापूर्व ५६३ मा सिद्धार्थ गौतम राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मीएर २९ वर्षको उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभयो ।
६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति गरेपछि उहाँलाई गौतम वुद्धका रुपमा चिनिन थालियो ।
बुद्धजयन्तीका अवशरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका शीर्ष नेताले शुभकामना सन्देश दिदैं वुद्धको दर्शनलाई आत्मसाथ गरेर अगाडी बढ्नुपर्नेमा जोड दिएका छन ।
प्रकाशित समय ०९:५७ बजे

















