गृहपृष्ठ पोखराको भाटभटेनीमा खेलकुद सुविधा
पोखराको भाटभटेनीमा खेलकुद सुविधा
पोखराको भाटभटेनीमा फुटसल, लन टेनिस, जिम, रेष्टुरेण्ट, बार, क्याफे सहितको सुविधा उपलब्ध भएको छ । पोखरा स्काइ स्पोर्टसले भाटभटेनीको माथिल्लो तलामा पोखरालाई खेलकुदको हब बनाउने अभियानमा साथ दिने उद्देश्यले खेलकुदको साथमा रेष्टुरेण्ट, बार, क्याफे सहितको सुविधा उपलब्ध गराएको स्काइ स्पोर्टसका अध्यक्ष सुजन गुरुङले बताए ।
उक्त भवनमा फुटसल, लन टेनिस, जिम, जुम्बा, कार्डियो, साउना स्टिम, ज्याक्यूजी, पुलसँगै भर्चुअल रियालिटि र प्ले स्टेशनको सुविधा एउटै छाना मुनिबाट सेवा सुरु गरिएको अध्यक्ष गुरुङले बताए ।
प्रकाशित समय १८:१७ बजे

















