गृहपृष्ठ निःशुल्क शिक्षा : शुल्क लिनेलाई कारवाही गर्ने शर्माको चेतावनी

निःशुल्क शिक्षा : शुल्क लिनेलाई कारवाही गर्ने शर्माको चेतावनी

janakpur-sikshya-newskarobar

सामुदायिक विद्यालयमा कुनै पनि वाहनामा विद्यार्थी र अभिभावकसँग रकम लिनु नहुनेमा प्रदेश २ का शिक्षा विकास निर्देशनालयका निर्देशक रामाकान्त शर्माले जोड दिएका छन ।

नेपालको संविधानमै माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनिएको छ भने आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क दिने व्यवस्था छ । त्यस्तै उच्च शिक्षामा दलितलाई विशेष छात्रवृति दिने उल्लेख भएको अवस्थामा धनुषाका केही सामुदायिक विद्यालयमा विद्यार्थीहरुसँग अर्धवार्षिक परिक्षाको नाममा रकम असुली गरेको गुनासो गरेपछि निर्देशक शर्माले रकम असुली गर्न बन्द गर्न चेतावनी दिए ।

निःशुल्क शिक्षामा दलितको पहुँचसम्बन्धी नीति सम्वाद कार्यक्रममा सहभागि विद्यालयका शिक्षकहरुको सामुुन्नेमै अभिभावकहरुले निःशुल्क शिक्षा भनिए पनि विभिन्न वाहानामा शुल्क लिने गरिएको बताए । विद्यालयमा परिक्षा, सर्टिफिकेट, कक्षा उर्तिण भई नयाँ कक्षामा भर्ना गराएको वाहनामा ५ सयदेखि २ हजार असुली गरिरहेको गुनासो गरेपछि निर्देशक शर्माले गैरकानुनी काम गर्ने छुट विद्यालयका प्रध्यानाध्यापक र विद्यालय व्यवस्थापन समितिलाई नभएको बताए ।

धनुषाको गंगुलीस्थित राष्ट्रिय आधारभुत विद्यालयमा परिक्षा दस्तुरकै कारण दुई तिहाई विद्यार्थी विद्यालयमा अनुपस्थित हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष त्रिपित महराले बताए । महराले भने हाम्रो विद्यालयमा पूर्ण रुपमा गरीब, दलित र विपन्न समुदायका विद्यार्थीहरु अध्ययनरत रहेकाले परिक्षाको रकम प्र.अ.विनय चौधरीले मागेपछि दुई तिहाईको संख्यामा विद्यार्थीहरु अनुपस्थित हुने गरेको उनले बताए ।

धनुषाकै जनकपुरधाम उपमहानगरपालिकामा पर्ने देवपुरा रुपैठाको एक विद्यालयमा समेत परिक्षाको नाममा रकम उठाउने गरेकाले विद्यार्थीहरुको उपस्थिती कम भएको स्थानिय रामनाथ दासले बताए । त्यस्तै जनकपुरको रजौलस्थित जनता माध्यमिक विद्यालयमा समेत परिक्षा, रजिष्टेशन, सर्टिफिकेट दिने वाहानामा विद्यार्थीहरुसँग विद्यालयले जर्वरजस्ती असुली गरिरहेको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामवरण पासवानको आरोप छ ।

समस्या सुन्दै प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्रालयका उपसचिव दानीकान्त झाले विद्यालयमा अभिभावक जाँदा विद्यालयले स्वागत गर्नुपर्ने बताए । विद्यालयमा अभिभावक नगएरै समस्या भएकाले विद्यालय र अभिभावकबीच राम्रो सम्बन्ध हुनुपर्नेमा जोड दिए । विद्यालयमा दलित विद्यार्थीहरुका लागि आएको छात्रवृति रकम र दिवा खाजा नदिएको अभिभावक सगुनदेव पासवानले गुनासो गरेपछि कन्टिर झा नमुना माध्यमिक विद्यालय लोहनाका प्रध्यानाध्यापक श्रीचन साहले आफुहरुले दलितका बालबच्चाहरुलाई पहिलो प्राथमिकतामा राख्दै भर्नामा ७७ हजार रकम छुट दिएको बताए ।

प्रकाशित समय १८:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु