गृहपृष्ठ म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकी काठमाडौंमा

म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकी काठमाडौंमा

suki-newskarobar

म्यानमारकी स्टेट काउन्सिलर (परराष्ट्रमन्त्री) आङ साङ सुकी काठमाडौँ आइपुगेकी छन् । एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकी नेपाल आएकी हुन्। सुकीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरलेलले स्वागत गरेका छन् ।

सम्मेलनमा सहभागी हुन विभिन्न ६ मुलुकका राष्ट्र प्रमुख तथा उच्च पदाधिकारी नेपाल आउँदै छन् । फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेडो बुधबार नै काठमाडौं आइसकेका छन् । पोलीनेसिया मुलुक सामोआका राष्ट्रप्रमुख, दक्षिण प्रशान्त सागरमा रहेको टापु मुलुक टुभालुका सरकार प्रमुख र माईक्रोनेसिया मुलुक नाउरुका राष्ट्रपति बरोन वका पनि काठमाडौं आउने कार्यक्रम छ ।

विभिन्न ४५ देशका १ हजार ५ सयको विदेशी पाहुना काठमाडौंमा भेला हुने सम्मेलनमा सहभागी हुन पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानी पनि काठमाडौं आउने कार्यक्रम छ । कोलम्बियाका पूर्व राष्ट्रपति, अफगानिस्तानका पूर्व उपराष्ट्रपतिलगाय सम्मेलनमा सहभागी हुन आउने कार्यक्रम छ ।

प्रकाशित समय १२:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु