गृहपृष्ठ एनआरएनए स्विट्जरल्यान्डद्वारा वीर अस्पताललार्इ ह्विलचेयर प्रदान

एनआरएनए स्विट्जरल्यान्डद्वारा वीर अस्पताललार्इ ह्विलचेयर प्रदान

nrna-switzerland-newskarobar

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विट्जरल्यान्ड महिला फोरमले वीर अस्पताललार्इ ह्विलचेयर सहयोग गरेको छ । वीर अस्पतालमा बुधबार आयोजित कार्यक्रममा एनसीसी स्विट्जरल्यान्ड महिला फोरमका सल्लाहकार एवं पूर्वउपाध्यक्ष विजया भट्ट र गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त दवाडीले महिला फोरमको तर्फबाट अस्पतालका निमित्त निर्देशक डा. सरोज शर्मालाई ह्विलचेयर हस्तान्तरण गरेका हुन् ।

राष्ट्रिय समन्वय परिषद स्विट्जरल्यान्डका महिला संयोजक शुभ एल्मर लामाको संयोजनमा अस्पताललाई १२ वटा ह्विलचेयर  प्रदान गरिएको छ । वीर अस्पतालमा आउने सर्वसाधारण बिरामीले ह्विलचेयर उपभोग गर्न पाउनेछन् ।

प्रकाशित समय १४:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु