गृहपृष्ठ एसइई परीक्षा चैत १० गतेदेखि, तालिका सार्वजनिक

एसइई परीक्षा चैत १० गतेदेखि, तालिका सार्वजनिक

parikshya_board_newskarobar

यस वर्षको एसइई परीक्षा आगामी चैत १० गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विहिबार एसइई परीक्षाको तालिका समेत सार्वजनिक गरेको छ ।

परीक्षाको पहिलो दिन चैत १० गते अनिवार्य अङ्ग्रेजी, ११ गते अनिवार्य नेपाली, १३ गते अनिवार्य गणित, १४ गते अनिवार्य विज्ञान, १५ गते अनिवार्य सामाजिक, १६ गते अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, १७ गते ऐच्छिक प्रथमपत्र,१८ गते ऐच्छिक द्वितीयपत्रका सबै विषय, १९, २० र २१ गते प्राविधिकतर्फका बाँकी विषयको परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ ।

बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुन परीक्षा चैत २१ गते सम्म सञ्चालन हुनेछ ।

प्रकाशित समय ०८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु