गृहपृष्ठ एसिया प्यासिफिक सम्मेलन आजदेखि काठमाडौंमा
एसिया प्यासिफिक सम्मेलन आजदेखि काठमाडौंमा
एसिया प्यासिफिक सम्मेलन शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदै छ । युनिभर्सल पिस फेडरेसन (यूपीएफ) को नेपाल च्याप्टरले आयोजना गर्न लागेको सम्मेलनमा ४५ देशका १५ सय प्रतिनिधि सहभागी हुने छन् । सम्मेलनमा गरिबी, आतंकवाद, खाद्य, सुरक्षा र जलवायु परिवर्तन लगायतबा विषयमा छलफल हुने बताइएको छ ।
सम्मेलनमा भाग लिन म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी, कम्बोडियाका प्रधानमन्त्री हुन सेन फिलिपिन्सका उपराष्टपति लोनी रोड्रेबो लगायतका पाहुना काठमाडौैं आइपुगेका छन् ।कम्युनिष्टका विरोधी र कोरियाली राष्ट्र एकीकरणको वकालत गरेका सन म्युङ म्युनले सन् २००५ मा यो संस्था स्थापना गरेका थिए ।
संस्थाको नेपाल च्याप्टर अध्यक्ष पूर्वमन्त्री एकनाथ ढकाल हुन् । इसाइ धर्मको प्रचारप्रसार गर्न सम्मेलनको आयोजना गरिएको भन्दै आलोचना समेत भइरहेको छ । सम्मेलन सोमबार काठमाडौं घोषणापत्र सार्वजनिक गर्दै सकिने छ ।
।
प्रकाशित समय ०७:५१ बजे

















