गृहपृष्ठ सरकार ‘विलो द एभरेज’को गतिमा : गगन थापा

सरकार ‘विलो द एभरेज’को गतिमा : गगन थापा

Gagan Thapa NewsKarobar (5) फाइल तस्बिर

नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको काम गर्ने कार्यशैलीले सिंगो राजनीतिक प्रणालीप्रति नै नैराश्यता सृजना हुन सक्ने बताएका छन् ।

उनले नेकपाको बलियो सरकारले जुन अबस्थामा काम गर्नु पर्ने थियो त्यो, गर्न नसकेको आरोप लगाए । विराटनगर विमानस्थलमा शुक्रबार स्थानीय सञ्चारकर्मीसँग थापाले सरकार गठनको अबस्था यसअघिका सरकार भन्दा असामान्य रहेको बताए ।

‘यो दुई तिहाई नजिकको सरकार हो, तर पनि यो सरकारले ‘विलो द एभरेज’को प्रफमेन्सपनि देखाउन सकेन,’ उनले भने । नेता थापाले स्वय प्रधानमन्त्री आँफै आफ्नो सरकारको  सञ्चालनप्रति असन्तुष्ट रहनु लगायतका कारणले पनि यसको पुष्टि भएको बताए ।

उनले सरकारले काम गरेर नयाँ उचाई बनाउन अवश्यक रहेकोमा जोड दिए । थापाले सरकारले राम्रो काम गरोस भन्ने कांग्रेसको सुभेच्छा रहेको दावी गर्दै सरकारले जनताको विकासको चहानालाई पूरा गर्न सक्नुपर्ने बताए ।

प्रकाशित समय १७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु