गृहपृष्ठ प्रदेश स्तरीय भलिबल प्रतियोगिता सुरु
प्रदेश स्तरीय भलिबल प्रतियोगिता सुरु
सांकेतिक तस्बिर
कर्णली प्रदेशको राजधानी सुर्खेतमा प्रदेश स्तरीय उपकुलपति पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन सुर्खेत क्याम्पसको आयोजनामा सुरु प्रतियोगितामा कर्णाली प्रदेशका ८ क्याम्पस सहभागी छन् । उद्घाटन खेलमा आइतबार मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत र चर्तुदेव हिरा सुरेन्द्र पूर्ण क्याम्पस मुगुबीच प्रतिस्पर्धा भएको थियो । सो खेलमा मध्यपश्चिमाञ्चल विजयी भएको छ । प्रतियोगिता मंगलबारसम्म चल्नेछ ।
प्रकाशित समय ०८:१७ बजे

















