गृहपृष्ठ जर्मनी : एंगेला मर्केलको ठाउँ लिँदै एनाग्रेट क्याम्प
जर्मनी : एंगेला मर्केलको ठाउँ लिँदै एनाग्रेट क्याम्प
जर्मनीको सत्ताधारी क्रिश्चियन डेमोक्रेटिक यूनियन पार्टीले एनाग्रेट क्याम्प केरेनबावरलाई आफ्नो नयाँ नेताका रुपमा चुनेको छ । योसँगै उनले अब १८ वर्षदेखि पार्टी प्रमुख र जर्मनीको वर्तमान चान्सलर एंगेला मर्केलको स्थान लिने छिन् ।
हेमबर्गमा भएको मतदानमा सीडीयू पार्टीकी महासचिव एनाग्रेट क्याम्पले करोडपति वकील फेड्रिक मर्जर्ला निकै कम मतान्तरले पराजित गरेकी हुन् । एकेकेका नामबाट चर्चित एनाग्रेटले ९९९ मध्ये ५१७ भोट पाइन् । शुक्रबार भएको पार्टीको विशेष सम्मेलनमा सन् २०२१ सम्म मुलुकको चान्सलर रहने मर्केलले निकै भावुक विदाई भाषण दिईन् ।
एनाग्रेट अब मुलुकको सबैभन्दा ठूलो पार्टीको प्रमुख हुनेछिन् र उनी जर्मनीको आगामी चान्सलर पनि हुन सक्ने छिन् । सारल्यान्ड प्रान्तकी पूर्वप्रधानमन्त्री एनाग्रेटले भनिन्, ‘मैले सिकेकी छु कि नेतृत्व गर्नु के हो ? नेतृत्वको मतलब बाहिरभन्दा निकै जोडदार हुनुबाहेक भित्रबाट अत्यधिक बलियो हुनु पनि हो ।’
प्रकाशित समय १२:३३ बजे

















