गृहपृष्ठ अर्थमन्त्री र गभर्नरलाई बैंकर्सको चुनौती, रोकिएन ‘ब्याजदर प्रतिस्पर्धा’

अर्थमन्त्री र गभर्नरलाई बैंकर्सको चुनौती, रोकिएन ‘ब्याजदर प्रतिस्पर्धा’

अर्थमन्त्री र गभर्नरले चेतावनी दिए पनि बैंकहरुले व्याजदरमा प्रतिस्पर्धा गर्न छाडेका छैनन् । बैंकर्स संघले बिहीबार गरेको कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा र गभर्नर डा. चिरञ्जीवी नेपालले ब्याजरमा प्रतिस्पर्धा नगर्न चेतावनी दिएका थिए । गभर्नरले त राष्ट्र बैंकले कडा कदम चाल्न लागेको बताएका थिए । तर, एकपछि अर्को बैंक गर्दै ब्यादर स्कीम घोषणा गर्ने प्रतिस्पर्धा रोकिएको छैन । हालैमात्र सेञ्चुरी कमर्सियल बैंकले मुद्दतीको व्याज बढाएको छ । यो बैंकले व्यक्तिगत मुद्दती खातामा १३ प्रतिशत ब्याज दिने घोषणा गरेको हो ।

यसअघि सबैभन्दा बढी कुमारी बैंकले पनि १३ प्रतिशत ब्याजदर घोषणा गरिसकेको छ । सेञ्चुरीले पनि कुमारीकै बराबरी हुने गरी १३ प्रतिशत ब्याज दिने भएको हो । बैंकले प्रकाशित गरेको यो दर भन्दा बढाएर साढे १३ प्रतिशतसम्म ब्याज दिन सक्नेछ ।

सेञ्चुरी बैंकका अनुसार यो योजनामा ६ महिनादेखि २ वर्ष सम्म मुद्दती निक्षेप राख्न सकिने छ । यो खातामा न्यूनतम ५ लाख रुपैयाँ ब्यालेन्स हुनुपर्नेछ । मासिक रुपमा ब्याज भुक्तानी गरिनेछ । साथै, बैंकले १० हजार ब्लालेन्समा १२ प्रतिशत ब्याज दिने भएको छ । यसअघि कुमारी, जनता, माछापुच्छ«े लगायतले ब्याजदर बढाएका थिए । जनताले व्यक्तिगत मुद्दतीमा १२, माछाले साढे १२, र कुमारीले १३ प्रतिशत ब्याजको योजना सार्वजनिक गरेका थिए ।

बैंकहरुले निक्षेपको ब्याजदर बढाए पछि यसको असर कर्जामा पनि पर्नेछ । ‘कर्जाको ब्याज थप बढ्ने देखियो,’ पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले भने, ‘राष्ट्र बैंकले तत्काल कदम चाल्ने बेला भएको छ, किनकि यो गतिविधि स्वयं बैंकहरुका लागि पनि राम्रो होइन ।’

बैंकर्स संघको कार्यक्रममा अर्थमन्त्री खतिवडा र गभर्नर नेपालले निक्षेपको व्याजरमा प्रतिस्पर्धा गरेको भन्दै बैंकर्सको आलोचना गरेका थिए । सरकार र नियामकले चेतावनी दिएपछि बैंकहरुले ब्याजदर प्रतिस्पर्धा कम गर्ने अपेक्षा गरिएको थियो । तर, प्रतिस्पर्धा नरोकिए पछि कर्जाको व्याज बढ्नेमा उद्योगी व्यवसायी पनि चिन्तित देखिएका छन् ।

प्रकाशित समय १२:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु