गृहपृष्ठ कानुनका कारण प्रशासनिक रूपमा संघीयता चिप्लियो : पोखरेल
कानुनका कारण प्रशासनिक रूपमा संघीयता चिप्लियो : पोखरेल
वर्षभरीका कामबाट जनता खुसी छन् : सिलवाल
निर्वाचित भएको एक वर्ष पूरा भएको अवसरमा काठमाडौं निर्वाचन क्षेत्र-५ का जनप्रतिनिधिहरुले एक बर्षमा गरेको कामको समिक्षा गरेका छन् । शुक्रबार एक कार्यक्रम गरी उनिहरुले आफूले गरेका कामको जनता समक्ष समीक्षा गरेका छन् ।
समीक्षा कार्यक्रममा प्रतिनिधिसभाका सांसद, प्रदेशसभाका संसद, काठमाडौं महानगरका मेयर तथा वडा अध्यक्षहरुले वर्षभरिमा गरेको कामको जनकारी गराएका हुन् । जनप्रतिनिधिहरुले विकासको रफ्तारलाई द्रुत गतीमा अगाढि बढाउन चाहएको भए पनि कतीपय कुराहरुमा विद्यमान नियम र कानुनले बाधा गरेको कारण चाहे जती गर्न नसकेको बताए ।
कार्यक्रममा काठमाडौं ५ का संसद तथा उपप्रधान एवं रक्षामन्त्री ईश्वार पोखरेलले नियम र कानुनको समस्याको कारण विकास निर्माणमा ढिला भएको बताए । उनले नियम र कानुनको समस्या काठमाडौंमा मात्र नभई देशै भरको समस्या भएको जिकिर गरे । उनले सरकारले त्यसलाई तोडेर नयाँ कानुन निर्माणमा लागेको बताए । ‘नेकपाको दुई तिहाइको सरकारले जनताको अपेक्षा अनुसार काम गर्दा आएको सबै समस्या समाधान गर्न र आउने समस्याको पनि सोच विचार गरेर अगाढि बढेको छ,’ पोखरेलले भने, ‘नियम र कानुनको उल्झनकै कारण प्रशासनिक रुपमा संघीयता चिप्लिएको छ ।’
त्यस्तै कार्यक्रमा काठमाडौं ५ (१) का संसद नारायण सिलवालले आफ्नो निर्वाचन क्षेत्रका जनताले विकासको सवालमा कुनै प्रश्न उठाउन नसक्ने गरी काम गर्ने बताए । एक वर्षको कामबाट जनता खुसी रहेको उनको दावी थियो । निर्वाचन क्षेत्रमा रहेको टुकुचा र धोवी खोलाको डुवान समस्या पनि समाधन भइसकेको दावी गरे ।
सिलवालले निर्वान क्षेत्रमा भएको गतिविधिको बारेमा जनतालाई जानकारी दिन भिडियो डकुमेन्ट्री समेत देखाए । डकुमेन्ट्रिमा उनले एक बर्षमा गरेको कामको बारेमा संक्षिप्त जानकारी समेटिएको थियो ।
एक वर्षमा गरेका कार्यहरु
काठमाडौं ५ मा संघ, प्रदेस र स्थानीय तहमा केही वडा बाहेक नेकपा निकटका जनप्रतिनिधिहरु छन् । यो निर्वान क्षेत्रमा एक बर्षमा एक दर्जनको हाराहारीमा महत्वपूर्ण योजनाहरु सम्पन्न भएका छन् । खोलाको व्यवस्थापन, मठ मन्दिर निर्माण, ढल निकास, सार्वजनिक जग्गा संरक्षण, पार्क निर्माण लगायतका यस क्षेत्रमा रहेको महत्वपूर्ण योजनाहरु सम्पन्न भएको जनप्रतिनिधिको दावी छ ।
आर्थिक वर्षका चालु योजना
निर्वाचन क्षेत्रमा चालु योजनाहरुमा एक वर्षमा सम्पन्न नभएका र सुरु भएका योजनालाई सम्पन्न गर्ने पहिलो लक्ष्य भएको उनीहरूको दावी छ । संघ, प्रदेश, महानगर र वडाका सबै जनप्रतिनिधिहरुको संयुक्त योजनामा बनेका सबै योजनलाई प्रथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता दोहोर्याएका छन् । उनिहरुले काठमाडौं-५ लाई धूलो र हिलो मुक्त क्षेत्रको रुपमा विकास गर्न लागीरहेको बताएका छन् । काठमाडौंमा धुलो र हिलोले जनजिवनमा प्रक्ष्यक्ष असर पारिरहेको बेला जनप्रतिनिधिहरुले यस्तो बताएका हुन् ।
प्रकाशित समय १३:५० बजे

















