गृहपृष्ठ चार नेताले बहिस्कार गरेको नेकपा सचिवालयले स्थायी समितिको बैठक बोलायो

चार नेताले बहिस्कार गरेको नेकपा सचिवालयले स्थायी समितिको बैठक बोलायो

Nekapa-Sachibalaya_newskarobar फाइल तस्बिर

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक यही मंसिर २९ गते बस्ने भएको छ । लामो समयदेखि बस्न नसकेको स्थायी समितिको बैठक बोलाउन नेकपाका नेताहरूलार्इ चर्को दबाब थियो ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले यस्तो निर्णय गरेको हो । सचिवालय बैठक निर्धारित समयमा नबसेको भन्दै नेकपाका चार जना स्थायी समिति सदस्यले बैठक बहिस्कार गरेका थिए । चार जना नेताले बहिस्कार गरेपछि बसेको बैठकले मंसिर २९ गते स्थायी समितिको बैठक बस्ने मिति तय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार मंसिर २९ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुमबराहीमा स्थायी समिति बैठकको मिति तय भएको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक सुरु गर्न ढिला गरेर अपमान गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वामदेव गौतमले बैठक बहिष्कार गरेका थिए ।

दिउँसो ३ बजेका लागि बोलाइएको स्थायी समितिको बैठक २० मिनेट वितिसक्दा पनि सुरू भएपछि उनीहरूले असन्तुष्टी जनाउँदै बैठक बहिस्कार गरेका थिए । उता महासचिव पौडेलले भने दुई अध्यक्षले छलफल गरिरहेकाले बैठक बस्न केही ढिला भएको बताएका छन् ।

प्रकाशित समय १९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु