गृहपृष्ठ अन्तरप्रदेश समन्वय परिषद् बैठक आज पनि
अन्तरप्रदेश समन्वय परिषद् बैठक आज पनि
अन्तरप्रदेश समन्वय परिषद्को बैठक सोमबार पनि बस्दैछ । बैठकमा कानुन निर्मण, कर्मचारी समायोजन लगायतका साझा समस्याहरुका बारेमा छलफल हुने बताइएको छ।
प्रदेशलाई नै कर्मचारी व्यवस्थापन गर्ने जिम्मा दिन यसअघि प्रदेशले माग गर्दै अाएकामा आजको बैठकमा उक्त विषयमा छलफल हुने बुझिएको छ । त्यस्तै सुरक्षा, प्रहरी प्रशासन लगायतका साझा एजेण्डाहरुमा पनि बैठकमा छलफल हुनेछ ।
आजकै बैठकमा अायोजना वर्गीकरणका सम्बन्धमा पनि छलफल हुने एक सहभागीले बताए । ठूला आयोजना केन्द्रले, मझौला प्रदेशले र साना आयोजनाहरु स्थानीय तहले गर्ने गरी कुन आयोजना कसको मातहतमा रहने भन्ने स्पष्ट वर्गीकरण गरिने पनि उनले जानकारी दिए ।
आइतबारको बैठकमा बोल्ने चार जना मुख्यमनत्रीले संघीय सरकारको आलोचना गरेका थिए । आज बाँकी प्रदेशका मुख्यमन्त्रीहरूले बोल्नेछन् ।
प्रकाशित समय १०:५६ बजे

















