गृहपृष्ठ देउवाका कारण संवैधानिक परिषद बैठक स्थगित

देउवाका कारण संवैधानिक परिषद बैठक स्थगित

फाइल तस्बिर

सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गर्न बस्ने भनिएको संवैधानिक परिषद्को बैठक पुनः स्थगित भएको छ । बुधबार विहान सिंहदरबारमा बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि बैठक स्थगित गरिएको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले जानकारी दिए । ‘देउवाजीले आजको बैठकमा उपस्थित हुन नसक्ने बताए पछि बैठक स्थगित भएको छ,’ उनले भने । बैठक बिहीबार बिहान ११ बजे बस्ने भएकाे छ ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि दुई साताअघि न्यायपरिषद्ले वरिष्ठ दुई न्यायाधीशको नाम प्रस्ताव गरेको छ । तर, विभिन्न बहानामा बैठक स्थगित हुँदा संवैधानिक परिषदले प्रधानन्यायाधीश सिफारिस गर्न सकेको छैन ।

प्रकाशित समय ११:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु