गृहपृष्ठ धुलिखेलमा बसको ठक्करबाट एक जनाको मृत्यु
धुलिखेलमा बसको ठक्करबाट एक जनाको मृत्यु
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–४ बाँसघारीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुधबार ना ४ ख ९२२१ नम्बरको बसले बा ८३ प ३३५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सन्त तामाङको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ । प्रकरीले बस र मोटरसाइल चालकलाई पक्राउ गरेको छ ।
प्रकाशित समय १५:१० बजे

















