गृहपृष्ठ छुरा प्रहार गरी बावुको हत्या

छुरा प्रहार गरी बावुको हत्या

chhuri-prahar

विराटनगर महानगरपालिका-१७ स्थित धुनिया बस्तिमा बिहीबार एक व्यक्तिले छुरा प्रहार गरी आफ्नै बावुको हत्या गरेका छन् । ५० वर्षिया सशी मण्डलको छोराले छुरा छुरा प्रहार गरी हत्या गरेको हो जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

गए राति साढे ९ बजेको समयमा सशी मण्डल जेठी श्रीमतीको २५ वर्षिय छोरा आकाश मिया मण्डल र  कान्छी श्रीमतीको २२ वर्षिया छोरो चुनु मण्डलबीच घरायसी विवाद भएको थियो । विवादका क्रममा चुनु मण्डलले सशीलाई छुरा प्रहार गरेका थिए ।

छुरा प्रहारबाट गम्भीर घाइते मण्डललाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएकोमा उपचारको क्रममा राति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट सौतेनी दाजु आकाश मण्डल समेत घाइते भएका र सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । छुरा प्रहार गर्ने मण्डललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित समय १३:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु