गृहपृष्ठ मध्यरातमा घरभित्र पसेर वृद्धको हत्या
मध्यरातमा घरभित्र पसेर वृद्धको हत्या
अपरिचित व्यक्तिको कुटाइबाट शनिबार राति बैतडीमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सिगास गाउँपालिका–९ श्रीभावरका ६० वर्षीय जसु बोहरा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।
शनिबार राति १ बजे अपरिचित व्यक्ति घरमा प्रवेश गरी मृतक जसु र उनकी २१ वर्षीया बुहारी लक्ष्मी बोहरालाई कुटपिट गरेका थिए । कुटपिटबाट लक्ष्मी घाइते भएकी छन् । घटनास्थल बैतडी र बझाङको सीमा नजिक पर्दछ । (रासस)
प्रकाशित समय १०:१५ बजे

















