गृहपृष्ठ कर्जाको ब्याज माघ १ गतेबाट मात्रै घट्ने
कर्जाको ब्याज माघ १ गतेबाट मात्रै घट्ने
भद्र सहमति गरेर निक्षेपको ब्याज घटाएका बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याज भने माघ १ गतेबाट मात्रै घटाउने भएका छन् । बैंकर्स संघका सदस्य एवं जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम क्षेत्रीका अनुसार ब्याजको आधार दर मासिक रुपमा निकालिने भएकाले कर्जाको ब्याज घटाउन एक महिना लाग्ने भएको हो ।
विकास बैंक र वित्त कम्पनीहरुले पनि कर्जाको ब्याज माघ १ गतेबाटै घटाउने भएका छन् । निक्षेपको ब्याज भने यी संस्थाले पनि घटाइसकेका छन् ।
वाणिज्य बैंकहरुले गएको बिहीबार ब्यक्तिगत मुद्दती निक्षेपको ब्याज ९.२५ प्रतिशत, संस्थागत मुद्दतीको साढे आठ प्रतिशत र बचतको ब्याज साढे ६ प्रतिशतमा झार्ने भद्र सहमति गरेका थिए । त्यसको भलिपल्टै विकास बैंकहरुले पनि मुद्दती निक्षेपको ब्याज घटाउने सहमति गरेका थिए ।
प्रकाशित समय १०:४० बजे

















