गृहपृष्ठ इन्डोनेशियामा सूनामीका कारण मृत्यु हुनेको संख्या २८१ पुग्यो
इन्डोनेशियामा सूनामीका कारण मृत्यु हुनेको संख्या २८१ पुग्यो
याे संख्या बढ्न सक्ने
इन्डोनेशियामा सूनामीका कारण मृत्यु हुनेको संख्या २८१ पुगेको छ । यो संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । प्रभावित क्षेत्रमा फँसेका मासिनहरुको खोजी भइरहेको छ ।
सूनामीपछि कम्तिमा १,११६ जना घाइते भएका छन् भने अन्य कैयौं मानिस बेपत्ता छन् । सन्डा स्ट्रेट (खाडी) नजिकै जावा र सुमात्र ाको प्रभावित क्षेत्रमा अहिले पनि आपतकालीन सेवाहरु पुर्याउने प्रयास भइरहेको बीबीसीले उल्लेख गरेको छ ।
देशको विपद व्यवस्थापन निकायका अनुसार संयौं भौतिक संरचना ध्वस्त भएका छन् । क्रकाटोआ ज्वालामुखी विस्फोट भएपछि समुन्द्र भित्र भएको भूस्खलनका कारण सूनामी आएको अनुमान गरिएको छ । सबैभन्दा बढी पन्डेग्लास, दक्षिणी लांपुंग र सेरांग क्षेत्रमा मानवीय क्षेत्र भएको छ ।
क्रेकाटोआ ज्वालामुखीको सक्रियता देखाउँदै यसको वरिपरिका तटीय क्षेत्रमा रहने मानिसहरुलाई सर्तक हुन आग्रह गरिएको छ । किनकि, सूनामी फेरि पनि आउन सक्ने छ ।
प्रकाशित समय ११:१२ बजे

















