गृहपृष्ठ राहत लिएर मुख्यमन्त्री शाही कालीकोटतर्फ

राहत लिएर मुख्यमन्त्री शाही कालीकोटतर्फ

फाइल तस्बिर

आगलागी पीडितहरुका लागि राहत तथा खाद्यान्न सामाग्री लिएर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालिकोटतर्फ प्रस्थान गरेका छन् । कालीकोटका प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यहरु सहित मुख्यमन्त्री शाही कालीकोट गएका हुन् ।

राष्ट्रियसभा सदस्य जीवन बुढा, प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत र प्रदेशसभा सदस्य कुर्मराज शाही सहित मुख्यमन्त्री शाही राहत सामग्री लिएर पलाता गाँउपालिकाको वडा नं. १ स्थित न्यौपानेवाडा गएका हुन् ।

rahat3_newskarobar

गएराति भएको आगलागीबाट कालीकोटको पलाता गाउँपालिका अहिले शोकमा डुबेको छ ।

मुख्यमन्त्री शाहीको टोली प्रदेश सरकारको तर्फबाट तत्काल राहत स्वरुप नगद २० हजार,  १०० थान बल्याँकेट,  ५ बण्डल पिफम,  १०० थान सिरक डसना,  १५ पेटी चाउचाउ,  ६ पेटी विस्कुट,  ३ बोरा चिउरा र २३ किलो फुरनादाना सहित कालिकोटतर्फ प्रस्थान गरेका हुन् ।

गृहमन्त्रालयको तर्फबाट ६० थान त्रिपाल, १०० थान जुत्ता, १०० थान ज्याकेट, १०० थान ट्राउजर र २०० थान बल्याँकेट समेत लिएर नेपाली सेनाको हेलीकोप्टरबाट टोली अग्नीपिडित क्षेत्र पुगेको हो ।

केन्द्र सरकारको तर्फबाट सदरमुकाम मान्माबाट ३००० किलो चामल सहित दाल, नुन तेल लगायतको खाद्यान्न सामाग्री अग्नीपिडितलाई उपलब्ध गराउने कार्यक्रम रहेको मुख्यमन्त्रीका प्रेश सल्लाहकार ध्रुब बुढाथोकीले जानकारी दिए ।

प्रकाशित समय १४:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु