गृहपृष्ठ चित्रकलाका पारखी निरौलाको ‘मैले चाहें तिमीलाई’ सार्वजनिक
चित्रकलाका पारखी निरौलाको ‘मैले चाहें तिमीलाई’ सार्वजनिक
वरिष्ठ चित्रकार एवं कला समीक्षक तीर्थ निरौलाको पहिलो गीत ‘मैले चाहेँ तिमीलाई’ सार्वजनिक भएको छ । निरौलाका शब्द तथा अनुका राई र टिका राईको आवाजमा रेकर्ड भएको गीत हालैमात्र युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
तीर्थका शब्दमा मोहन मगरले संगीत भरेका छन् । रोशन वान्तवा राईले एरेन्ज गरेको गीतको म्युजिक भिडियो एमआर क्रिएसनले तयार गरेको हो । म्युजिक भिडियोको निर्देशन विजय सुब्बाले गरेका हुन् । म्युजिक भिडियोमा रोहित बस्नेत र एल्जिना मगरले मोडलिङ गरेका छन् ।
निरौला आफूलाई गीतकारभन्दा पनि चित्रकार र लेखक भनेर चिनाउँछन् । यो गीत उनले साथीभाइको आग्रहमा लेखेका हुन् । ‘गीत मेरो बिधा होइन, साथीभाइको आग्रहमा लेखेको हुँ,’ उनले भने, ‘स्कुले साथीहरूका कारण गीत जन्मिएको हो ।’
प्रकाशित समय १५:२८ बजे


















