गृहपृष्ठ सरकारलाई डा. केसीको व्यंग्य- मेरो पनि डिएनए टेस्ट गर्न बेर छैन !
सरकारलाई डा. केसीको व्यंग्य- मेरो पनि डिएनए टेस्ट गर्न बेर छैन !
राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले मुलुक गम्भीर मोडतर्फ गइरहेको टिप्पणी गरेका छन् । रिपोर्टस् क्लबमा आइतबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
सरकारप्रति कडा रूपमा प्रस्तुत भएका केसीले नक्कली इतिहास रचेर पृथ्वीनारायण शाहलाई बदनाम गर्न खोजिएको आरोप लगाए । ‘पृथ्वीनारायण शाहको बारेमा नक्कली ईतिहास लेखेर उनलाई बद्नाम गरिँदैछ,’ उनले भने, ‘देश निर्माण गर्ने मानिसका बारेमा यति धेरै भ्रम छन्, नक्कली ईतिहाँस लेखेर सन्ततीहरुलाई झुठो प्रचार गरिँदैछ ।’
सरकारले मुलुकको भविष्यमाथि खेलबाड गरेको आरोप लगाउँदै डा. केसीले निर्मला पन्तका हत्यारा रत्नपार्कमा खोजिएको आरोप लगाए । उक्त प्रकरणमा नक्कली मानिसलाई अभियुक्त करार गरेर दुनियाँ हसाउँने काम भएको केसीको आरोप थियो ।
निर्दोशलाई फसाएर दोषी उम्काउन खोजिएको भन्दै उनले चर्को असन्तुष्टी पोखे । ‘कुन दिन मलाई पनि बोलेकै भरमा निर्मलाको हत्यारा तँ होस् कि भनेर डिएनए टेस्ट गर्न बेर छैन,’ डा. केसीले भने, ‘सरकारले होली वाइन खाएर खुब ताण्डब देखाइरहेको छ ।’
प्रकाशित समय १८:२० बजे

















