गृहपृष्ठ नागरिकता विधेयक नलम्ब्याउन प्रदेश-२ को आग्रह
नागरिकता विधेयक नलम्ब्याउन प्रदेश-२ को आग्रह
मुख्यन्याधिवक्ता भन्छन्- सिडियोले अदालतको आदेश टेरेनन्
प्रदेश-२ का मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले संसदको राज्य व्यवस्था समितिलाई पत्र लेख्दै नागरिकता विधेयक नलम्ब्याउन आग्रह गरेका छन् । समितिलाई ५ बुँदे रायसहितको पत्र लेखेका झाले पहिलो बुँदामै नागरिकता नभएकाले धेरै विद्यार्थीको शैक्षिक जीवनमा असर परेको भन्दै विधेयक लम्ब्याउनु नहुनेमा जोड दिएका छन् ।
पत्रमा प्रदेश-२ का जन्मसिद्द नागरिकका एक लाख सन्तान नागरिकता अभावमा कलेजमा भर्न हुन नपाएको मुख्यन्यायाधिवक्ता झाले उल्लेख गरेका छन् । उनले जन्मसिद्द नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन सर्वोच्च तथा उच्च अदालतले ‘धेरै पटक’ आदेश दिएको भए पनि प्रमुख जिल्ला अधिकारीहरूले अदालतको परमादेश नमानेको दावी गरेका छन् ।
प्रकाशित समय १७:५४ बजे

















