गृहपृष्ठ नेपाल रेमिटर्स एशाेसिएसनका नवनिर्वाचित अध्यक्ष भन्छन्, ‘सबैको हितमा काम गर्छु’

नेपाल रेमिटर्स एशाेसिएसनका नवनिर्वाचित अध्यक्ष भन्छन्, ‘सबैको हितमा काम गर्छु’

nepal remiters association

नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित भएका छन् । राजधानी बिहीबारसम्पन्न १३औँ साधारणसभाले पोखरेललाई निर्विरोध चयन गरेको हो । उनको नेतृत्वमा चयन अन्य पदाधिकारी र सदस्यहरु पनि चयन गरिएका छन् ।

को कुन पदमा र कुन संस्थाबाट परे ?

सुमन पोखरेल– अध्यक्ष (आइएमई लिमिटेड)
दिवाकर थापा– निर्वतमान अध्यक्ष ( हुलास रेमिटेन्स प्रा.लि)
चन्द्र टण्डन– उपाध्यक्ष (सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि)
रितेश मित्तल– महासचिव (नेपाल रेमिट इ. प्रा.लि)
संजय सिग्देल– कोषाध्यक्ष (सूर्य रेमिट प्रा.लि)
इन्द्र शर्मा– सचिव (आइपे रेमिट प्रा.लि )
युमाश्रेष्ठ– सदस्य (हिमालयन बैंक लिमिटेड)
प्रविन अधिकारी– सदस्य (युनाइटेड रेमिट प्रा.लि)
दीपेन्द्र खनाल–सदस्य (इजीलिकं प्रा.लि)

कार्यसमितिको अध्यक्षमा चयन भएपछि नवनिर्वाचित अध्यक्ष पोखरेलले रेमिटेन्स क्षेत्रका समस्या समाधानमा आफ्नो नेतृत्व निरन्तर क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे । सबै रेमिटेन्स कम्पनीहरू संगठित भइ आफ्ना समस्या सम्बन्धित निकायसम्म पु¥याउने उद्देश्यले विक्रम सम्वत् २०६० मा नेपाल रेमिटर्स एसोसिएसनको स्थापना गरिएको थियो ।

प्रकाशित समय १३:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु