गृहपृष्ठ प्रतिनिधिसभाको बैठक २५ गते बस्ने

प्रतिनिधिसभाको बैठक २५ गते बस्ने

debendra_paudel

आइतबार अबरुद्ध भएको प्रतिनिधिसभाको बैठक आगामी २५ गते बस्ने भएको छ । सभामुख कृष्णबहादुर महराले २२ गते बसेको संसद बैठकमा नियमको उलंघन गरेको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक अवरुद्ध गरेको थियो ।

तर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले भने नियमको उलंघन नभएको बताए । २५ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले उठाउने प्रश्नको जवाफ दिने उनले बताए ।

प्रमुख प्रतिपक्षीले यो विषयमा ‘के निउँ पाउँ, कनिका बुकाउँ’ उखानजस्तै विरोधको लागि विरोध गरेको उनको आरोप छ । उनले भने, ‘हिजोको सदनमा सभामुख महराले बोल्न नदिने कुरै गर्नुभएको छैन । सभामुखज्यूले एक जना माननीयको नाम पनि लिनुभएको थियो । तर, उहाँ बोल्न मान्नुभएन ।’

प्रतिपक्षी दलका नेता सबै बोल्न खोजेपछि सभामुखले प्रश्न सोध्न रोक लगाएका थिए तर पछी उनले केही संसदहरुलाई बोल्न दिने बताएका थिए । तर संसहरुले भने बोल्न नदिएको भन्दै संसद सभाको बैठक अवरुद्ध गरेका थिए ।

प्रतिपक्षी दलले दुई तिहाईको सरकारले घमण्ड गरेको आरोप लागाईरहेका छन् । त्यही घमण्डका कारण सभामुखले पनि अधिनायकलाद  र निरंकुश शैली देखाएको आरोप लगाइरहेका छन् ।

प्रकाशित समय १८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु