गृहपृष्ठ दुई दिने नेपाल बसाईमा कहाँ कहाँ जाँदैछन् मोदी: यस्तो छ भ्रमण तालिका

दुई दिने नेपाल बसाईमा कहाँ कहाँ जाँदैछन् मोदी: यस्तो छ भ्रमण तालिका

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणका लागि शुक्रबार नेपाल आउँदैछन् । यसपालिको भ्रमणमा मोदीले जनकपुरको जानकी मन्दिर, मुस्ताङको मुक्तिनाथमा विशेष पूजा गर्दैछन् । पूजा गर्न उनी पशुपतिनाथ मन्दिर पनि जानेछन् । शुक्रबार बिहान सवा नौ बजे बिहारको पटनाबाट भारतीय वायू सेनाको हेलिकप्टरमा जनकपुर ओर्लने मोदी अर्को दिन साँझ काठमाडौंबाट नयाँ दिल्ली फर्कने कार्यतालिका छ ।
मोदीको दुई दिने नेपाल भ्रमणको कार्यतालिका यस्तो छः

वैशाख २८ गते शुक्रबार
बिहान ९ः१५ बजे– हेलिकोप्टरबाट जनकपुर ।
९ः३०– जानकी मन्दिरमा पूजा ।
१०ः१५– बाह्रबिघा मैदानका लागि प्रस्थान । जनकपुर उपमहानगरपलिाको आयोजनामा हुने अभिनन्दनमा सहभागी र सम्बोधन ।
१ः३०– हेलिकोप्टरबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण, बौद्धस्थित हायात होटलमा प्रस्थान ।
४ः००– गार्ड अफ अनरका लागि चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर हुँदै सैनिक मञ्च टुँडिखेलका लागि प्रस्थान ।
४ः३५– उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटका लागि बहादुर भवन निवासमा ।
५ः००– राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवासमा ।
६ः००– महाराजगञ्ज, चावहिल, गौशाला हुँदै द्वारिकाज होटलमा पुग्ने । त्यहाँ विभिन्न दलका नेताहरुसँग भेटघाट ।

वैशाख २९ गते शनिबार
६ः००– मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान ।
८ः३०– मुक्तिनाथमा पूजा ।
१०ः३०– मुक्तिनाथबाट काठमाडौं फिर्ता ।
१०ः४०– विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान ।
११ः३०– होटल हायात प्रस्थान ।
२ः००– महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान ।
३ः३०– काठमाडौं महानगरपालिकाद्वारा हुने अभिनन्दन ग्रहण, नेपालका प्रधानमन्त्रीसँग संयुक्त पत्रकार सम्मेलन तथा अरुण तेस्रोको उद्घाटन गरी बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान ।

प्रकाशित समय ०८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु