गृहपृष्ठ अमेरिकास्थित हडसन नदिको पुल ५ सेकेन्डमै ध्वस्त

अमेरिकास्थित हडसन नदिको पुल ५ सेकेन्डमै ध्वस्त

bridge

हडसन नदीमा ६४ वर्ष पहिले बनेको तपान सी पुलबाट अब मानिसहरू यात्रा गर्ने छैनन् । अमेरिकास्थित न्युयोर्क स्टेटको टेरी टउनस्थित हडसन नदिमा बनेको उक्त पुल ५ सेकेन्डमै ध्वस्त पारिएको थियो । त्यसका लागि विस्फोटक पदार्थको प्रयोग गरिएको थियो ।

विस्फोटक पदार्थले पुल ५ सेकेन्डमै ध्वस्त पारिएको थियो । त्यसपछि न्युयोर्क स्टेटको सबैभन्दा लामो तपान सी पुल १४२ फिट गहिरो पानीमा डुब्यो ।

सन् १९९२ मा निर्माण सुरू भएको यो पुलको निर्माणमा तीन वर्ष लागेको थियो । हलिउडका चलचित्रको समेत सुटिङ हुने पुलको लम्बाई ४.८ किलोमिटर लम्बाई र ६७२ फिट उचाई थियो । निर्माण गर्दा पुलको आयु ५० वर्ष थियो ।

पुल ध्वस्त बनाउँदा दुवै तर्फका यातायात रोकिएको थियो । पुल भत्कँदै गर्दा मानिसहरू एक-अपसमा पुलसँग जोडिएका यादहरू साटासाट गरिरहेका थिए ।

पुल भत्कँदै गर्दा एक महिलाले भनिन्- यो पुल हेर्दा हेर्दै ठूली भएकी थिएँ । उनका अनुसार पुल भत्काइनु उनका लागि दुःखको समय हो ।

यद्यपी पुल भत्काइनु अघि नयाँ पुलको निर्माण गरिसकिएको थियो । नयाँ पुलमा सन् २०१७ मै आवागमन सुरू गरिएको थियो । नयाँ पुल ५ किलोमिटर लामो र ४१९ फिट उचाई छ ।
(अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहायतामा)

प्रकाशित समय १९:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु