गृहपृष्ठ यूएईविरुद्ध नेपाल : सोमपाल र सन्दीपले लिए दुई-दुई विकेट
यूएईविरुद्ध नेपाल : सोमपाल र सन्दीपले लिए दुई-दुई विकेट
नेपाल र यूएईबीचको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको दोस्रो खेल सुरू भएको छ । घरेलु मैदानमा यूएईले टस जितेर ब्याटिङ रोजेको छ । पहिलो ओभरको अन्तिम बलमै सोमपालका कामीको बलमा यूएईका इस्फाक अहमद पेभेलियन फर्किएका छन् । सोमपालले दोस्रो ओभर बलिङ गर्दै यूएईका गुलाम सब्बरलाई पनि घर फर्काइदिएका छन् ।
सन्दीप लामिछानेले घातक बलिङ गर्दै यूएईका मोहम्मद उस्मान र सैमान अनवरलाई छैटाैं ओभरका अन्तिम दुई बलमा कप्तान पारस खड्काबाट क्याच आउट गराएका छन् ।
यसअघि हिजो भएको पहिलो खेलमा नेपाल यूएईसँग २१ रनले पराजित भएको थियो । शीर्षक्रमको ब्याटिङ नचल्दा नेपालले खेल गुमाउन पुगेको थियो ।
प्रकाशित समय १५:२९ बजे

















