गृहपृष्ठ राजदूत आचार्यद्वारा राष्ट्रपतिसमक्ष सपथ
राजदूत आचार्यद्वारा राष्ट्रपतिसमक्ष सपथ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत पदमा निलाम्बर आचार्यलाई नियुक्ति गरेकी छिन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएको हो । आज एक प्रेश विज्ञप्ती जारी गर्दै राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले राजदुत नियुक्ती गरिएको जानकारी दिएका हुन् ।
मन्त्रिपरिषदबाट भारतका लागि राजदूतमा सिफारिस भएका आचार्यलाई गत मंसिर २३ गते बसेको संसदीय सुनुवाई समितिको बैठकले अनुमोदन गरेको थियो ।
यसैबीच, भारतका लागि नवनियुक्त राजदूत आचार्यले आइतबारै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । सरकारले गरेको नयाँ व्यवस्थाअनुसार राजदूत आचार्यले पहिलो पटक राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
प्रकाशित समय १६:०४ बजे

















