गृहपृष्ठ शैक्षिक गुणस्तर बढाउन जनता बैंक र टिच फर नेपालबीच सहकार्य
शैक्षिक गुणस्तर बढाउन जनता बैंक र टिच फर नेपालबीच सहकार्य
जनता बैंक नेपाल र टिच फर नेपालले शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रममा सहकार्य गर्ने भएका छन् । सोसम्बन्धी सम्झौतापत्रमा जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले हस्ताक्षर गरे ।
टिच फर नेपालले ग्रामीण क्षेत्रमा रहेका सरकारी विद्यालयमा फेलो शिक्षकहरु खटाई शैक्षिक असमानता घटाउने कार्यमा सहयोग गर्दै आएको छ । हाल टिच फर नेपालले सिन्धुपाल्चोक, ललितपुर, धनुषा, लमजुङ, दाङ र पर्साको ग्रामीण क्षेत्रका ५१ विद्यालयमा ११० जना फेलो (प्रद्यार्थी) शिक्षकमार्फत करिब १० हजार विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धिमा कार्य गरिरहेको छ ।
सम्झौताअनुसार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट टिच फर नेपाललाई वार्षिक ५ लाख रुपैयाँ प्रदान गर्नेछ । उक्त कोषबाट टिच फर नेपालले विद्यालयहरुमा महत्वपूर्ण विषयका दक्ष जनशक्तिलाई फेलो शिक्षकको रुपमा खटाउनेछ ।
प्रकाशित समय १६:४४ बजे

















