गृहपृष्ठ एनसीसी बैंक र ब्लु क्रस अस्पतालबीच सम्झौता
एनसीसी बैंक र ब्लु क्रस अस्पतालबीच सम्झौता
नेपाल क्रेडिट एन्ड कमर्स बैंक र ब्लु क्रस अस्पतालबीच सेवा आदानप्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । बैंकका कर्मचारी र ग्राहकलाई उपचार शुल्कमा सहुलियत दिनेगरी बैंक र अस्पतालबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र ब्लु क्रस अस्पतालका कार्यकारी व्यवस्थापन समितिका सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अब नेपाल क्रेडिट एन्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकले ब्लु क्रस अस्पतालका सेवामा विशेष छुट पाउनेछन् ।
बैंकका ग्राहकले उक्त छुट बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२२ वटा शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकका देशभर ७४ वटा एटीएम सञ्चालनमा छन् ।
प्रकाशित समय १५:५० बजे

















