गृहपृष्ठ नेकपाको सचिवाय बैठक सोमबार बस्ने

नेकपाको सचिवाय बैठक सोमबार बस्ने

Nekapa-Sachibalaya_newskarobar फाइल तस्बिर

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार बस्ने भएको छ । पार्टी एकता लगायत कतिपय मुद्दाका सम्बन्धमा ढीलाई भइरहँदा लामो सयमपछि नेकपाको सचिवालय बैठक बस्न लागेको हो ।

सोमबार विहान १० बजे प्रधानमन्त्री निवास बालुवाटरमा बस्नेगरी सचिवालय बैठक बोलाइएको छ । नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार बैठकमा समसामयिक विषय र पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल हुनेछ ।

पार्टी एकताका विषयमा बाँकी विषय टुङ्ग्याउनका लागि ठोस सुझाव दिन गठित कार्यदलले प्रतिवेदन तयार पार्ने क्रममा रहेको सन्दर्भमा बैठक बोलाइएको बुझिएको छ ।

गत पुस १२ गते सम्पन्न स्थायी समितिको बैठकले पार्टी एकताका विषयमा बाँकी काम टुङ्गो लगाउन नौ सदस्यीय कार्यदल बनाएको थियो । सो कार्यदलले केही विषयमा सहमति गरे पनि केही विषय भने सहमति जुटाउन बाँकी छ ।

प्रकाशित समय २०:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु