गृहपृष्ठ गाडी जलाउने आफ्ना कार्यकर्ता रिहा गर्न माग गर्दै प्रदर्शन

गाडी जलाउने आफ्ना कार्यकर्ता रिहा गर्न माग गर्दै प्रदर्शन

सरकारी गाडी जलाउने आफ्ना कार्यकर्तालाई पक्राउ गरेको विरोधमा नेविसंघले राजधानीमा प्रदर्शन गरेको छ । मिनभवनस्थित कमर्स क्याम्पसबाट नेविसंघ अध्यक्ष नैनसिंह महरको नेतृत्वमा निस्केको जुलुसमा प्रहरीले हस्तक्षेप गरी नेविसंघका कार्यकर्ता पक्राउ गरेको हो ।

पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहा माग गर्दै प्रदर्शनमा उत्रिएका नेविसंघ अध्यक्ष महरसहित १२ जना भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको  छ ।

कमर्स क्याम्पसबाट निस्केका नेविसंघका नेता कार्यकर्ताको जुलुस बानेश्वरस्थित संसद भवन अगाडिको सडकमा आइपुग्नेबित्तिकै प्रहरीले हस्तक्षेप गरेको थियो ।

सार्वजनिक विदाको दिन गाडी चलाएको भन्दै पोखरामा सरकारी गाडी जलाउने नेविसंघका तीन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ ।

संसद्ले चिकित्सा शिक्षा विधेयक जबरर्जस्तीरूपमा पारित गरेको भन्दै केही दिनअघि नेपाल विद्यार्थी संघले विरोध जनाउदै पोखरालगायत विधिन्न ठाउँमा सरकारी गाडी आगजनी गरेको थियो ।

प्रकाशित समय १३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु