गृहपृष्ठ प्रशासन कार्यालयमा एक हजार पासपोर्ट अलपत्र

प्रशासन कार्यालयमा एक हजार पासपोर्ट अलपत्र

प्रशासन कार्यालयले जारी गर्‍यो अनौठो सूचना

Nepal Passport_NewsKarobar

विदेश जानका लागि भनेर राहदानी अर्थात पासपोर्ट बनाइसकेपछि पनि त्यो लिन सम्बन्धित मानिस नआएपछि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले अनौठो सूचना जारी गरेको छ । “सम्बन्धित व्यक्तिले राहदानी आवश्यकताको महसुस गर्नुभयो, आवेदन फर्म भर्नुभयो, राहदानी शुल्क पनि बुझाउनु भयो, तर पछि राहदानी त्यति जरूरी भएन होला त्यसैले यहाँ राहदानी थन्किएका छन्,” प्रशासन कार्यालयको सूचनामा भनिएको छ ।

प्रशासन कार्यालयका अनुसार २०६७ सालपछि नेपाल सरकारले वितरण गरेका झन्डै १ हजारका संख्यामा राहदानी त्यहाँ थन्किएका छन् । ०६७ सालपछि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) राहदानीका लागि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा आवेदन फर्म र राजस्व संकलन गरी राहदानी विभाग काठमाडौंमा पठाउने गरिएको कार्यालयले उल्लेख गरेको छ, यसरी विभागबाट छापेर जिल्लामा पुग्दा ३० देखि ४० दिनसम्म लाग्ने गरेको प्रशासन कार्यालयका सूचनामा उल्लेख छ ।Rahadani Notice_NewsKarobar_

प्रशासन कार्यालयले राहदानीका लागि राजस्व तिरेको रसिद, नागरिकता लिएर सम्बन्धित व्यक्ति वा नाता खुल्ने व्यक्ति भए पनि राहदानी लिन आउ भनेर सूचना जारी गरेको छ । “सार्वजनिक विदाको दिनमा बाहेक नेपाली नागरिकता,राजश्व बुझाएको रसिद, पुरानो राहदानी भए सो समेत लिई सम्बन्धित व्यक्ति (२०७५ असार मसान्तसम्मको हकमा नाता खुल्ने व्यक्ति उपस्थित भई राहदानी लैजानुहुन अनुरोध छ,”  प्रशासन कार्यालयमा पासपोर्ट थुप्रिएपछि उसले जारी गरेको सूचनामा भनिएको छ ।

यसबाहेक ०७५ मंसिर २४ देखि पुस १५ गतेसम्म राहदानी बनाउनको लागि आवेदन दिएका थप २०० जनाको थप राहदानी तयार भइसकेको उसले जानकारी दिएको छ ।

किन गएनन लिन?

प्रशासन कार्यालयले पासपोर्ट लिन नआउनुका कारण त खुलाएको छैन, तर जानकारहरू काठमाडौंमा द्रूत सुविधाअन्तर्गत पासपोर्ट लिइन पाइने कारणले पासपोर्ट नलिएको हुनसक्ने बताउँछन् ।

प्रकाशित समय १३:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु