गृहपृष्ठ ब्रेजिक्टले ६ लाख रोजगारी गुम्नसक्छ : अध्ययन
ब्रेजिक्टले ६ लाख रोजगारी गुम्नसक्छ : अध्ययन
सांकेतिक तस्बिर
युरोपेली संघबाट कुनै सम्झौताबिना बेलायत बाहिरिने निर्णय भए लाखौँ रोजगारी गुम्न सक्ने एक अध्ययनले देखाएको छ । जर्मनीको आइडब्लूएच इन्स्टिच्युटको अध्ययनअनुसार विश्वभरबाट झन्डै ६ लाख रोजगारी संकटमा पर्ने देखिएको हो ।
सोमबार सार्वजनिक भएको अध्ययन प्रतिवेदनले बिना सम्झौता युरोपेलीसँगबाट बेलायत बाहिरिएमा सबैभन्दा धेरै जर्मनीको रोजगारी प्रभावित हुने जनाएको छ । प्रतिवेदनअनुसार युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनीमा १ लाख ३ हजार र फ्रान्समा ५० हजार रोजगारी खतरामा पर्नेछ । यसले युरोपेली मुलुकहरुमा मात्रै नभई अन्य मुलुकहरुमा पनि असर पर्ने अर्थशास्त्रीहरुको अध्ययनले देखाएको छ ।
प्रकाशित समय १०:१० बजे

















