गृहपृष्ठ प्रदेश-५ : नाम र राजधानी शिफारिस समितिका सदस्यको नाम हेरफेर
प्रदेश-५ : नाम र राजधानी शिफारिस समितिका सदस्यको नाम हेरफेर
प्रदेश-५ स्थित प्रदेशसभाको बैठक मंगलबार बसेको बैठकले प्रदेशको नामाकरण र स्थायी राजधानी शिफारिस गर्न गठित विशेष समितिका सदस्यहरुको केही नामावली परिवर्तन गरेको छ ।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभाका सदस्य रुपन्देहीका अष्टभुजा पाठकको स्थानमा नवलपरासीका बैजनाथ कलवार तथा नेकपाका तर्फबाट चेतनारायण आचार्य (अर्घाखाँची)को ठाउँको बाबुराम गौतम (बाँके) र दिपेश थारु (बर्दिया) को ठाउँमा तेज बहादुर वली (रुकुम)को नाम हेरफेर गरिएको हो ।
प्रकाशित समय १६:३४ बजे

















