गृहपृष्ठ जनयुद्धमा उत्कृष्ट व्यक्तित्वको सहभागीता थियो : प्रचण्ड

जनयुद्धमा उत्कृष्ट व्यक्तित्वको सहभागीता थियो : प्रचण्ड

prachanda_newskarobar

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धमा समाजका उत्कृष्ट मानिसहरू सहभागी भएको टिप्पणी गरेका छन् ।

जनयुद्धको २४ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले तत्कालीन जनयुद्धमा लागेकाहरूले अहिले विभिन्न क्षेत्रमा पाइरहेको सफलताले आफूलाई गर्व महसुस हुने बताए ।

‘मीरा राईले संसारमा किर्तिमान बनाउनुभएको छ,’ प्रचण्डले भने, ‘जनयुद्धमा सहभागी भएका अरूहरूले पनि विभिन्न खेलकुद मेडल पाएको देख्दा गर्व लाग्छ ।’ कार्यक्रममा आफ्नो छोरा प्रकाश दाहाललगायतले सगरमाथा चढेको प्रसँग पनि प्रचण्डले उठाए । ‘प्रकाशसहित सगरमाथा चढ्नेहरू पनि जनयुद्धका कमाण्डर थिए,’ उनले भने, ‘जनयुद्धमा लागेकाहरू उत्कृष्ट मानिस थिए भन्ने सन्देश दिन्छ ।’

प्रकाशित समय १७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु