गृहपृष्ठ १२ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा
१२ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा
प्रहरी प्रधान कार्यालयले १२ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । सरुवाअनुसार मुकेसकुमार सिंह मकावनपुर काज सरुवा भएका छन् । एसपी दिनेशराज मैनालीलाई जिल्ला प्रहरी कार्यालय झापा खटाइएको छ भने एसपी हरि शर्मालाई बागलुङ सरुवा गरिएको छ । शर्मा प्रहरी प्रधान कार्यालयमा तथा मैनाली विमानस्थल सुरक्षा कार्यालमा कार्यरत थिए ।
योगबहादुर पाल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैया तथा दीपक खरेललाई एक नम्बर गण महारानगञ्ज काज सरुवा गरिएको छ । यसअघि शर्मा, पाल र खरेल विशेष ब्यूरोमा कार्यरत थिए ।
कञ्चनपुरमा कार्यरत एसपी कुवेर कडायतलाई सामाखुशीस्थित पहरागण पठाइएको छ । यस्तै एसपी गोपालचन्द्र भट्टराई सर्लाही सरुवा भएका छन् । यसअघि उनी अपराध अनुसन्धान विद्यालयमा कार्यरत थिए ।
रौतहट प्रहरी प्रमुख एसपी केदार ढकाल महानगरीय अपराध महाशाखा सरुवा भएका छन् । कञ्चनपुर प्रहरी प्रमुख दिनेश आचार्य, भुपेन्द्र खत्री रौतहट, दीपक रेग्मी प्रहरी प्रशिक्षण प्रतिष्ठान र ध्रुवराज राउत दंगा नियन्त्रण गण हेटौंडा पठाइएका छन् ।
प्रकाशित समय १४:२२ बजे

















