गृहपृष्ठ ब्याजदर घटाउन राष्ट्र बैंक सकारात्मक

ब्याजदर घटाउन राष्ट्र बैंक सकारात्मक

intrest_rate_newskarobar

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले ब्याजदर घटाउन राष्ट्र बैंक सकारात्मक रहेको बताएका छन् । मंगलबार विराटनगरमा आयोजित समसामयिक आर्थिक तथा बैंकिङ गतिविधि विषय कार्यशालामा सिवाकोटीले राष्ट्रबैंक व्याजदर घटाउनुपर्ने उद्योगीहरूको मागप्रति सकारात्मक रहेको बताएका हुन् ।

सिवाकोटीले खुल्ला बजार अर्थनीतिअनुसार माग र आपूर्तिको आधारमा ब्याजदर निर्धारण हुने स्पष्ट पारे । उनले राष्ट्रबैंकले व्याजदर तोक्ने पुरानो परम्परातर्फ फर्कन नसक्ने भए पनि ब्याजदर नियन्त्रणका औजारहरू परिचालन गरेर ब्याजदर घटाउने प्रयास भइरहेको बताए ।

राष्ट्र बैंकले निर्धारण गरेको स्प्रेडदर नमान्नेलाई राष्ट्रबैंकले कारबाही गर्ने  पनि उनले बताए । राष्ट्रबैंकले सीसीडी रेसियो ८० प्रतिशतको सिमा नघाउने तीनवटा बैंकलाई कारबाही पनि गरिसकेको सिवाकोटीले जानकारी दिए ।

कार्यक्रममा  नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराले देशको आर्थिक अवस्था सकारात्मक नभएको बताए । कार्यक्रममा प्रदेश-१ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीलगायतले उद्योगीले उठाउँदै आएको माग सम्बोधन गर्न राष्ट्र बैंकलाई आग्रह गरेका थिए ।

प्रकाशित समय १४:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु