गृहपृष्ठ अमेरिकी राजदूत बेरीद्वारा उत्तर कोरियालाई लगानी नगराउन नेपाललाई सचेत

अमेरिकी राजदूत बेरीद्वारा उत्तर कोरियालाई लगानी नगराउन नेपाललाई सचेत

नेपालका लागि अमेरिकी राजदूत याण्डी डब्लु बेरीले उत्तर कोरियालाई लगानी नगराउन नेपाललाई सचेत गराएका छन् । राजदूत बेरीले शुक्रबार एक ट्वीट गर्दै नेपालको ध्यानाकर्षण गराएका हुन् ।

कार्यभार सम्हाल्न अघिल्लो महिनामात्र नेपाल आएका उत्तर कोरियाली राजदूत जो योङ्ग म्यानले सभामुख कृष्णबहादुर महरा र गृहमन्त्री रामबहादुर थापा (बादल) सँग भेटेको खबर शेयर गर्दै राजदूत बेरीले चाखलाग्दो खबर भनेका छन् ।

शुक्रबार बिहान साढे ४ बजे राजदूत बेरीको त्यो ट्वीटमा उनले लेखेका छन्, ‘चाखलाग्दो खबर, राष्ट्रसंघीय सुरक्षा परिषदले उत्तर कोरियालाई विदेशमा कुनै पनि व्यावसायिक तथा नाफामूलक उद्यम सञ्चालन (बिजनेस भेन्चर) गर्न निषेध गरेको छ ।’

उत्तर कोरियाको एक अनलाई पत्रिका ‘एनकेन्यूजडटओआरजी’ नामक अनलाइनपोर्टलमा प्रकाशित खबरको वेब लिंक सेयर गर्दै राजदूत बेरीले राष्ट संघले उत्तर कोरियालाई विदेशमा कुनै पनि व्यावसायिक तथा नाफामूलक उद्यम सञ्चालन गर्न निषेध गरेकोले स्मरण गराएका छन् ।

के भन्न खोजेका हुन राजदूत बेरीले ?

केही दिनअघि सभामुख कृष्णबहादुर महरा र गृहमन्त्री रामबहादुर थापा (बादल) सँग कार्यभार सम्हाल्न अघिल्लो महिनामात्र नेपाल आएका उत्तर कोरियाली राजदूत जो योङ्ग म्यानले भेटघाट गरेका थिए । सभामुख महरा र गृहमन्त्री थापासँगको भेटमा राजदूत जोले उत्तर कोरियाले नेपालको जलविद्युत र कृषिको क्षेत्रमा लगानी गर्न खोजेका थिए ।

राजदूतले नेपाल र उत्तर कोरियाका अलावा भगिनी सम्बन्ध स्थापना गरेका दुई देशका शहरहरुबीचको सम्बन्धलाई अझ मजवुत बनाउन चाहेको उल्लेख गरेका खबर आएका थिए ।

यसै विषयलाई उल्लेख गर्दै राजदूत बेरीले ‘चाखलाग्दो’ भन्दै उपरोक्त व्यहोरा रहेको समाचार ट्वीट गरेका देखिन्छ । परमाणु हतियारको निर्माणको खोजीमा रहेको उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्ध अनुरुप कार्यान्वयन र उसँगको कुटनीतिक सम्बन्ध अन्त्य गर्न अमेरिकाले नेपाल जस्ता राष्ट्रहरुलाई जोड दिँदै आएको छ ।

दुई, अन्तर्राष्ट्रिय आणविक ऊर्जासम्बन्धी सन्धी त्यागेर उत्तर कोरियाले धमाधम आणविक हतियार बनाएपछि संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि आर्थिक प्रतिबन्ध लगाएको छ ।

प्रकाशित समय १९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु