गृहपृष्ठ टिपर चालकले प्रहरीलाई घुस दिएपछि …

टिपर चालकले प्रहरीलाई घुस दिएपछि …

pakrau-arrest-newskarobar

प्रहरीलाई घुस दिने दुईजना टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चेकिङमा खटिएका प्रहरीलाई घुस दिएको भन्दै महानगरीय प्रहरी बृत्त कालीकमाटीबाट खटिएको टोलीले बल्खुबाट बा४ख ६७७१ र बा३ख ६५६८ नम्बरको टिपरका चालक २३ वर्षीय ओमबहादुर कार्की र २४ वर्षीय लक्ष्य पन्तलाई पक्राउ गरेको हो ।

गए राति १ बजेको समयमा चेकिङका क्रममा कागजपत्र नभेटिएपछि मिलाइदिन भन्दै उनीहरुले ५०० रुपैयाँ घुस दिएको कालिमाटी प्रहरी बृत्तले जानकारी दिएको छ ।

प्रकाशित समय १५:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु