गृहपृष्ठ प्रदेश दुई सरकार भ्रष्टाचारमा लिप्त : पूर्वमन्त्री यादव
प्रदेश दुई सरकार भ्रष्टाचारमा लिप्त : पूर्वमन्त्री यादव
नेपाली कांग्रेसका नेता तथा पूर्व खानेपानीमन्त्री महेन्द्र यादवले प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको नगर सम्मेलनमा नेता यादवले प्रदेश सरकार सयौं सहिदको बलिदानीलाई बदनाम गर्दै भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका हुन् । एनजिओकर्ताहरुको हालमुहालीले प्रदेश दुई सरकार असफल भएको उनको दावी छ ।
मन्त्रीहरुले ५ लाख रुपैयाँ कमिसनका लागि सचिव कुट्न थालेको घटनाले सरकारको निर्लज्जता सावित भइसकेको यादवको भनाइ छ ।
प्रकाशित समय १५:२८ बजे
















